Skip to main content

नृसिंह (देवी) मन्दिर

 नृसिंह (देवी) मन्दिर

हंसपुर ०९, झाक्रिसल्ला

अर्घाखाँची जिल्ला

 

 

 

:yfkgfM @)&#

 

 


 

नृसिंह मन्दिर निर्माण र मेरो प्रयास

संसार भरीको सोचाई, स्थानिय काम गराईवाट अभिपे्ररित म अशोक पाण्डे, अर्घाखाँची जिल्लाको हंसपुरमा जन्म भएको हो । पढाईको सिलसिलामा नेपालवाट जनस्वास्थ्य विषयमा स्नातक गरी राजिव गान्धि विश्व विद्यालय, वैलोर, भारतवाट जनस्वास्थ्य विषयमा स्नकोत्तर (विश्व विद्यालय मेरिट) गरेको हु । पढाईका अलावा जनस्वास्थ्यका कार्यक्रम तथा अनुसन्धानको क्रममा विभिन्न ठाँउ, संस्था, देश, विदेशमा घुमेको वेला समाज सेवाको वारेमा राम्रो ज्ञान, अनुभव गरेको छु । सानै उमेरमा विभिन्न संस्था, समिती, समाजसंग आवद्ध भई विकास निमार्णका काम गरेको छु ।

यसै सिलसिलामा मधू दाजु, कृष्ण दाजू र भाई राजन संगको छलफ्mलमा वि सं २०७३ वैशाख २६ गते साँझ काठमाण्डौ, चावहिल स्थित डेरामा मन्दिर वनाउन पर्छ भन्दा हामी वनाउन सक्छौ भनि अहिलेवाटै वनाउन सुरु गर्ने भनि माइन्युट कोरेको हुँ । यो दशैमा नै उद्घाटन गरी पुजा लगायतका गतिविधी अगाडी वढाउन पर्छ भन्दै, दाजु जिवन, कमल, गोपाललाई, म आफ्mैले फ्mेशवुकवाट सहयोग मागेको हु । उहाँहरुको सहयोग, स्थानिय जनश्रम दान र चन्दावाट यो मन्दिरको निर्माण भएको हो । म जग्गाधनि, गाउँघरका इष्टमित्र, सहयोगी सवैलाई विशेष घन्यवाद दिन चाहान्छु । जन्माउनु भन्दा हुर्काउन गाह्रो भने झै अव, यो मन्दिरको हेरचाह र वृद्धि विकास, निर्माणघिन अवस्थामा जस्तै पुस्तौ–पुस्ता, युग–युगान्तर सम्म गाउँघर, इष्टमित्र र सहयोगी वाटै हुने छ भन्ने विश्वास लिएको छु । सामाजिक सेवा गर्न मन पराउने म, म वाट हुन सक्ने र गर्न सक्ने सामाजिक काममा कहिले पनि पछि हट्ने छैन भन्ने वाधा गर्दछु ।

 

अशोक पाण्डे

अनुसन्धानकर्ता

नेपाल सरकार स्वास्थ्य मन्त्रालय

नेपाल स्वास्थ्य अनुसन्धान परिषद

 

 

दशैं

दशैँ ९पर्यायवाची शब्दस् विजया दशमी, ठूलो दशैँस नेपाल भाषास् मोहनीस हिन्दीस् नवरात्री० हिन्दूहरूको एक महान चाड हो। नेपाल अधिराज्यमा सबै भन्दा धेरै मानिसले मनाउने चाड हरूमध्ये यो एक प्रमुख चाड हो। दशैँ नेपालीहरू र विशेषतस् नेपाली हिन्दूहरूको सबैभन्दा ठूलो पर्व हो। नेपाली हिन्दू पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएका हुनाले यसलाई ुदशैँु वा ुविजया दशमीु का नामले पनि चिनिन्छ। हिन्दू चान्द्रमासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू एउटै गते र तारिखमा नपर्ने हुनाले ुदशैँु पनि अङ्ग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको मध्य बीचमा पर्न सक्छ। ुदशैँु आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरू हुन्छ र यो पहिलो दिनलाई ुघटस्थापनाु भनिन्छ। राष्ट्रिय चाड समेत मनिने दशैँ९नवरात्र० हिन्दु धर्मवलम्बीहरुले आश्र्विन शुक्ल प्रतिपदादेखि नवमी सम्म ९नवरात्रभर० शक्तिको आराधना गरी दशौं दिन विहान दशमीका दिन टीका(प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमा सम्म ९प्रसाद ग्रहणका लागि० मनाउने गर्छन् । आश्विन शुक्ल प्रतिपदा ९घटस्थापना० मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक देवीहरूको पूजा हुन्छ ्र प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती९चण्डी० पाठ गरी नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोतिको विशेष पूजाआजा र आराधाना गरिन्छ ।

विजयादशमीको दिन भगवतिले दानवी शक्तिमाथी र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ । आश्विन ९असोज० महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो । बताइन्छ कि भगवान् रामले यसै दिन रावणको वध गरेका थिए । यसलाई असत्य माथि सत्यको विजयको रूपमा लिईन्छ । दसैं प्रतिपदा ९घटस्थापना० देखि पूर्णिमा ९कोजाग्रत० सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिन लाई नवरात्रि र दसौ दिन लाई दशमी वा दसैं भनिन्छ ्र यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ। प्रतिपदा ९घटस्थापना०, सप्तमी ९फूलपाती०, महाअष्टमी ९कालरात्री०, महानवमी, विजयादशमी, र पूर्णिमा ९कोजाग्रत० दसैको प्रमुख तिथिहरू हुन ्र दसैँ वर्षका तीन अत्यन्त शुभ तिथिहरूमा पर्छन् स् चैत्र ९चैत० को शुक्लको एवं कार्तिक शुक्लको प्रतिपदा तिथि। यी दिनहरूमा हिन्दुहरू नयाँ कार्य सुरु गर्दछन्, शस्त्रको पूजा गर्दछन्। प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रण(यात्राको लागि प्रस्थान गर्दथे। यस दिन ठाउँ(ठाउँमा मेलाहरू लाग्थे। अहिले पनि भारतमा रामलीलाको आयोजन हुन्छ। रावणको विशाल पुतला बनाएर जलाईन्छ । विजयदशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति(पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो। हर्ष एवं उल्लास तथा विजयको पर्व हो। हिन्दु संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव ९पर्व० सुरु भएको हो। दसैँ पर्वले दश प्रकारका पापहरू( काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने ९छोड्ने० प्रेरणा दिन्छ।

टिकाको आशिष

आयु द्रोणसुते, श्रीयं दशरथे, शत्रुक्षयं राघवे

ऐश्वयं नहुषे,गतिश्च पवने, मानं च दुर्योधने।।

शौर्यं शान्तनवे, बलं हलधरे सत्यं च कुन्तिसुते

विज्ञानं विदुरे भवतु भवतां, कीर्तिश्च नारायणे।।

 

देवी बन्दना

जयन्ती मंगला काली भद्रकाली कपालिनी

दुर्गा, क्षमा शिवधात्री स्वाहा स्वधा नमोस्तुते।

 

विजय पर्व

दशैंको उत्सव शक्ति र शक्तिको समन्वय गराउने उत्सव हो। नवरात्रिका नौ दिन जगदम्बाको उपासना गरेर शक्तिशाली बनेको मनुष्य विजय प्राप्तिको लागि तत्पर रहन्छ। यस दृष्टिले दशैं अर्थात विजयको लागि प्रस्थानको उत्सवको उत्सव आवश्यक पनि हुन्छ। हिन्दू संस्कृति प्राचीनकालदेखि नैं वीरता र शौर्यको समर्थक रहेकोछ। प्रत्येक व्यक्ति र समाजको खूनमा वीरताको प्रादुर्भाव होस् भन्ने ध्येयले नैं दशैंको उत्सव मनाइन्छ। यदि कतै युद्ध अनिवार्य नैं भयो भनें शत्रुको आक्रमणको प्रतीक्षा नगरी उमाथि आक्रमण गरेर जीत्नु नैं कुशल राजनीति हो। भगवान रामको समयदेखि नैं यो दिन विजय प्रस्थानको प्रतीक निश्चित भएको भन्ने भनाई छ। भगवान रामले रावणसित युद्ध गर्न यसै दिन प्रस्थान गरेका थिए। मराठा रत्न शिवाजीले पनि औरंगजेवको विरुद्ध यसै दिन प्रस्थान गरेर हिन्दू धर्मको रक्षा गरेका थिए। इतिहासमा अनेक उदाहरण छन् जब हिन्दू राजा यस दिन विजय(प्रस्थान गर्दथे।

यस पर्वलाई भगवतीको ुविजयाु नाममाथि पनि ुविजयादशमीु भनिएको हो। यस दिन भगवान रामचंद्र चौध वर्षको वनवास भोगेर तथा रावणको वध गरेर अयोध्या पुगे। यस कारण पनि यस पर्वलाई ुविजयादशमीु भनिन्छ। यस्तो मानिएको छ कि आश्विन शुक्ल दशमीमा तारा उदय हुने समय ुविजयु नामक मुहूर्त हुन्छ। यो काल सर्वकार्य सिद्धिदायक हुन्छ। यसकारण पनि यसलाई विजया दशमी भनिएको हो।

यस्तो पनि मानिएको छ कि शत्रुमाथि विजय पाउनका लागि यसै समयमा प्रस्थान गर्नुपर्छ। यस दिन श्रवण नक्षत्रको योग अझ शुभ मानिएकोछ। यस दिन दुर्‍योधन नेपाण्डवलाई जुवामा पराजित गरेर बाह्र वर्षको वनवासको साथ तेह्रौं वर्षमा अज्ञातवासको शर्त दिएका थिए। तेह्रौं वर्षमा यदि उनीहरूको पत्ता लागे पाण्डवले पुनः वनवास भोग्नु पर्ने थियो। यसै अज्ञातवासमा अर्जुनले आफ्नो धनु एउटा शमी वृक्षमा राखेका थिए तथा स्वयं राजा विराटको दरवारमा नौकरी गरेकाथिए। जब गोरक्षाको लागिविराटका पुत्रले अर्जुनलाई आफ्नो साथ लिए, तब अर्जुनले शमी वृक्षबाट आफ्ना हतियार उठाएर शत्रुमाथि विजय प्राप्त गरेका थिए। विजयादशमीको दिन भगवान रामचंद्रजीले लंकामाथि चढाई गर्न प्रस्थान गर्दा शमी वृक्षले भगवानको विजयको उद्घोष गरेको बताइन्छ। विजयकालमा शमीको पूजा यसै कारण भएको हो।

विजयदशमी भगवान रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवैमा रूपमा यो शक्ति(पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्षोउल्लास तथा विजयको पर्व हो । संसारका कुना(कुनामा यो पर्व विभिन्न रूपमा मनाइन्छ । सिक्किममा पनि नेपालमा जस्तै घटस्थापना, फूलपाती, विजया दशमी आदि धूमधामसित मनाइन्छ, नेपालमा जस्तै दशैं मनाउने अन्य स्थानहरू हुन्स्

ज्ञ।   पश्चिम बङ्गाल उत्तरी जिल्लाहरु जसमा दार्जिलिङ्ग, जलपाईगुडी हुन्।

द्द।   भूटान देश।

घ।   म्यानमार।

द्ध।   भारतका उत्तर(पूर्वी नेपाली बसेका राज्यहरू जस्तै मेघालय, आसाम, अरुणाच प्रदेश, नागालैंड, मणिपुर, त्रिपुरा, उत्तराखण्डको देहरादून आदि।

छ।   विश्वका ती स्थानहरू जहाँ नेपालीहरू बसोबास गर्दैछन् ।

प्रमुख पूजा र उत्सव

घटस्थापना

आश्विन शुक्ल पक्ष देवी भागवत महापुराण अनुसार मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरी दशमीका दिन विजय यात्रा गरेर रावणमाथि विजय प्राप्त गरेको वर्णन आउँछ ्र त्यहाँ आश्विन शुक्लपक्षको नौ अहोरात्रलाई नवरात्रव्रत भनी प्रतिपादन गरिएको छ्र यस व्रतको दिनहरूमा निश्चित तिथिमूलक देवी(देवताहरूको अनुष्ठान समेत हुने भएकाले नवरात्रका दिनहरूलाई छोट्याउन वा बढाउन न मिल्ने हुन्छ ्र प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ। यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ। क्रमशः दशमीका दिन प्रातः काल मात्र यस व्रत समापन हुन्छ ्र यसै दिन जमरा राखिन्छ ्र यस दिन घट कलशको स्थापना गरी देवी(देवतालाई आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउघरमा चलिआएको अन्न छरिन्छ। जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ। माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो। त्यस स्थानको नजिकै माटोको विशुद्ध जलपूर्ण घडा ९कलश० को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ। अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरूपा महाकाली ९संहार०, महालक्ष्मी ९सुरक्षा० र महासरस्वती ९सृष्टि० को पञ्चोपचारले पूजा(आजा गरिन्छ। ब्रह्मवैवर्त पुराण अनुसार वर्णन गरिएका नव दिग्दुर्गाहरू यी हुन् स् प्रकति(पूर्व, चण्डिका(आग्नेय, भद्रकाली(दक्षिण, सर्वमङ्गला(वायव्य, वैष्णवी( उत्तर, शिवप्रिया(ईशान, जगदम्बिका( जल, थल र आकाश।

पहिलो दिन शैलपुत्री दोस्रो दिन ब्रह्चारिणी, यसैगरी चन्द्रघन्टा, कुस्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको क्रमशः पूजा गरिन्छ । षष्ठी तिथिमा विशेष कार्य(स् बेलको हाँगामा तेल, हर्दी लेपन गरी देवीबोधन गरिन्छ । सप्तमीका दिन विशेष कार्य(स् दसैं घरमा नवपत्रिका प्रवेश गराई भद्रकाली, सरस्वतीको पूजा गरिन्छ । अष्टमीमा विशेष कार्य(स्कालरात्रिको विधिवत् पूजा गरी भगवतीको वाहन बाघको पनि पूजा गरिन्छ । खस मष्टपूजकले बाज उडाउने चलन छ । शस्त्रास्त्र (हातहतियार० हरूको पनि पूजा गर्नुपर्छ । महानवमीमा विशेष कार्य(स्नवदुर्गा स्वरूप नौ जना कन्याको र दशमीका दिन विहान अपराजिता देवीको पूजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवी(देवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालीका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ। यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ। आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो। गहुँ तथा जौको नवअंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । नौ रात्रिसम्म पूजा गरेर दशौं दिन विहान टीका(प्रसाद ग्रहण गरे पछि बचेका अंकुरित जमराको रस बनाएर खानाले असाध्य रोगहरू पनि निको हुने कुरा वनौषधिविज्ञहरूको छ्र जौका जमरालाई महौषधि भनिएको छ । निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता प्राप्त हुन्छ । विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जान्छन् । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ । यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा,आराधना र प्रार्थना गरिन्छ र शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती (चण्डी०, स्त्रोत्र रत्नावली, कालीका स्तोत्र, दुर्गा कवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ। पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ। पूजक अनुसार वलि दुई प्रकारको हुन्छ ्र श्रौतयज्ञानुसारको पशु वलि र साकाहारीहरूले प्रदान गर्ने नरिवल ऊखु कुभिण्डो आदि स्मार्तवलि ्रवलि प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ।

घटस्थापना घरघरमा जमरा

यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धी गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जांै, मकैलगायतका अनाज छर्ने गरिन्छ माता भगवतीलाई मनपर्ने बनस्पति जमरा भएकाले भगवतीलाई खुशी पार्नको लागि जमरा उमार्ने गरिएको हो । यसैगरी माटोको विशुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ छर्ने गरिन्छ । अनि अनन्त शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ । यसै दिनदेखि नवमीसम्म घरघरमा र देवीका मन्दिरमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ । दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ । आज राखिएको जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ ।

 

बडादशैंको दोस्रो दिन

बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुन्छ । बडादशैं अन्तरगत दोस्रो दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो । दशैंको दोस्रो दिन देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागछ ।

दशैंको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा 

दशैंको तेस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागछ । राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्काली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू बढेका हुन् ।

 

दशैंको चौंथो दिन

दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ । यी देवी उष्ण रक्तसमूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्प लगाएतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । यी देवीको वदनवर्ण वैजनी छ भने उनी सिंहमा चढेकी छन् । कुष्माण्डा माताले हातमा रक्तपूर्ण दुई वटा घडा लिएकी छन् ।

यी दुई घडा नै सृष्टिका आधार वस्तु बताइएको छ । देवी कुष्माण्डाले ब्रह्माण्डको सृष्टि गरी पृथ्वी रचनाका लागि सूर्य भगवानलाई आफ्नो तापशक्ति दिएर प्रज्ज्वलित बनाएको र अन्य ग्रहको समेत रचना गरी पूरै सौरमण्डल सञ्चालन गरेको देवीभागवत् लगायतका ग्रन्थहरुमा उल्लेख छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।

 

दशैंको पाँचौ दिन स्कन्दमाता भगवतीको पूजा अर्चना

भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहन्छिन । सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुन्छ । यसै अवसरमा देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिष्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठमा हिन्दु धर्माबलम्बीहरुले आज श्रद्धाभक्तिपूर्वक नवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चना गरिरहेका छन् ।

 

महासप्तमी

सातौं दिनलाई फूल पाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवं दसौँ दिनलाई विजया दशमी भनिन्छ र यी दिनहरूको महत्व अधिक रहेको पाइन्छ। नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दसैँ घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ । वषर ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्र्याउँदा घरभित्र रहने रोग वृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया० र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन् । यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। यी नौ पातमा क्रमशः ब्रह्माणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालीका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पूजिन्छ। अर्का यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए। यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ। किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्। साथै यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौँको जमलमा ल्याई परेड र बढाइँ साथ हनुमानढोका दरबारमा भित्र्याइन्छ्र

 

महाष्टमी

नवरात्रिको आठौं दिनमा महाकाली (भद्रकाली० को विशेष पूजा(आजा गरिन्छ। देवी भागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली ९करोडौं योनी(शक्ति० का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ। पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ।

मांसाशनं ये कुर्वन्ति तैः कार्यं पशुहिंसंनम् ्र

महिषाकजवराहाणां वलिर्दानं विशिष्यते ्र्र ९(देवीभागवत नवरात्रप्रकरण०

यी दिनहरूमा मानिसहरू आ(आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन्। शाकाहारीहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन्। काठमाडौँको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ। यसै दिन दशैंघर ९हनुमानढोका०को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ।  देवी देवताहरूलाई अर्पण गरेको मांस भक्षण गर्नुलाई दोषी मानिन्न ्र

अभ्यर्च्य पितृदेवानां खादन्मांसं न दोषभाक््र्र (९मनुस्मृति०

महाअष्टमी र महानवमी बिचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ। धेरैले यसै दिनदेखि खेतीमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विसर्जन गर्छन्। वैदिककाल साधना, सिद्धि, सामथ्र्य, शक्ति र सौर्यताको संगम हो । वेदमा आयुधको बारेमा प्रशस्त चर्चाहरू पाइन्छन् । भगवान् शिवको हातमा रहेको त्रिशुल, बज्र आयुध नै हुन् । अहिंसाको सन्दर्भमा जति व्याख्या भएको छ, त्योभन्दा धेरै आयुधको चर्चा र युद्धले पनि स्थान पाएको छ । हामी खस जाति देवताको पूजा गर्दा आयुधको पूजा गर्छौँ । हिमालका देवता शिवजी, रुद्र सबै आयुधधारी नै छन् । नवदुर्गा भगवतीका १८ वटै हातहरूमा आयुध (हतियार० हरू छन् । भगवतीको सम्मानस्वरूप आयुध पूजा गर्नु शास्त्रसम्मत नै छ । हिन्दु धर्मावलम्बीहरू अहिंसावादी हुन् तर वैरीले जब राष्ट्र, समाज, संस्कृति सिद्धयाउन आँटे भने हतियारको पूजामात्र नभएर उठाउन पनि तयार छन् । त्यस्तै देशका विभिन्न दुर्गा मन्दिरहरूमा धुमधाम पुजाआजाका साथै राङ्गा,बोकाको बलि पनि चढाइन्छ ।

 

महानवमी

नवरात्रिको नवौ दिन विशेष गरी सिद्धिद्धात्रि देवीको पूजा(आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ। बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईष्र्या, द्वेष, छल, कपट, यी दस प्रकारका विकारहरू छन् । विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मात्सर्यले चुर भएको हुन्छ । नवदुर्गाका प्रसादले यी अवगुणहरू हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैँको हो । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्कारी दुर्भावना उत्पन्न हुन्छ । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता हो । तर मानिसले ती प्रतिनिधि पात्रलाई नै बलिका रूपमा चढाउन थाले । त्यस्तै देशका विभिन्न दुर्गा भगवती मन्दिरहरूमा बोका तथा रांगा बलि चढाउने प्रचलन रहेको छ ।

 

विजया दशमी

नवरात्रिको दशौ दिनलाई विजयादशमी पनि भनिन्छ ्र यस तिथि निर्धारण देहाय आधारमा हुन्छ ।

श्रवणर्क्षेण संयुक्ता दशमी शुक्लपक्षगा।। ईषमासिस्थिता ज्ञेया विजया दशमी तिथिः।।

९आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दसमीलाई विजयादसमी भन्ने बुझ्नुपर्छ।०

सा नवमीविद्धा कर्तव्या नत्वैकादशीयुक्ता।।

९दसमी तिथिको निर्धारण गर्दा नवमीले युक्त दसमी मान्य हुन्छ, एकादसीसहितको दसमी मान्य हुँदैन।०

मध्याह्ने विजयमुहूर्तं इति केषाञ्चिन्मतम्।। विजयाख्योऽष्टमः।।

९मुहूर्त निर्धारण गर्दा विजय नामको मुहूर्त मध्याह्नमा पर्छ, जुन मुहूर्तलाई कसैले आठौं मुहूर्त मानेका छन्।०

किञ्चित्सन्ध्यामतिक्रम्य किञ्चिदुत्पन्नतारकाः।। विजयो नाम योगोऽयं सर्वकर्मसु सिद्धिदः।।

९कसैले साँझ बितेपछि त कसैले तारा उदाएपछि दुर्गा विसर्जन गर्ने प्रसङ्ग उल्लेख गरेका छन्। तर विजय नाम गरेको योग नै सबै कार्यका निम्ति सिद्धिदायक हुन्छ।०

उक्त लिखित प्रमाणका आधारमा विजयादसमीको साइत निर्धारण गर्न न्यूनतम आधारका रूपमा श्रवण नक्षत्र र विजय मुहूर्त ९मध्याह्नको समय० लाई लिनुपर्ने हुन्छ। यस सम्बन्धमा श्रीमद्देवीभागवत नवरात्र प्रकरणमा नवरात्र पर्यन्त अहोरात्र व्रत बसी दशमीका दिन शुभसाहितमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको हो भन्ने कथन छ ्र वैदिक ज्योतिष अनुसार चान्द्र वर्षमा ३५४ दिन हुने कुरा बताइएको छ  ्रचान्द्रकला विज्ञानका आधारमा वर्षभरिमा लगभग ६ महिनाको कृष्णपक्षको चतुर्दशी मात्र क्षय भई बाँकी वर्ष भरी कुनै पनि तिथि घट्(बढ् नहुने सिद्धान्त विश्वकै सर्व प्राचीन वैदिक ज्योतिषको रहेको छ ्र यस आधारमा शुक्लप्क्षमा त कुनै पनि तिथि घट्(बढ् हुने कुरै भएन ,कृष्णपक्षमा पनि केवल १४ औं दिन मध्याह्न पछि चन्द्रकला क्षय भयो भने मात्र सो महिनामा चतुर्दशी मात्र टुटी सोही १४ औं दिनलाई औंसी मान्ने सिद्धान्त वेदका ज्योतिषको रहेकाले पुराणहरूमा पनि नवरात्रलाई कहीं पनि तिथि घट्यो भनेर अष्टरात्र र कहीं पनि तिथि बढ्यो भनेर दशरात्र हुने कुरा मिल्दैन ्र आजभोली निरयण अर्वाचीन ज्योतिषका आधारमा गणित गरी वेद(पुराणहरूका सिद्धान्त विपरीत खण्डतिथि मान्ने सिद्धान्त गणित अघि सारी कहीले आठै दिनमा र कहीले दशौं दिनको दशैं पर्व लेख्ने गर्दछन् , तर पनि यदा कदा सामाजिक समस्या आई पर्दछ ्रजस्तै दोलखा भीमेश्वरमा बजार समितिले पञ्चांगको निर्णय विपरीत अष्टमी र नवमी एकैदिनमा परेको छ भन्दा हाम्रो संस्कृति अनुरुप दुई दिनको कार्य खप्ट्याउन मिल्दैन भनेर न मानेको कुरा सर्व विदितै छ ्र

षोडशोपचारले अर्थात् सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जलि गरिन्छ। यति गर्नाले कसैले पनि आफु माथि दमन ९विजय० गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ। त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछ ्र 

ुआवाहनं नजानामि नजानामि विर्जसनम्। पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी।

यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। अनि घरका मोलमान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन्। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंकोलागि तयार पारी राखिएको नयाँ लुगा लाई टीका लगाउन जान्छन् ।

 

टीका लाउँदा दिने आशिषः(

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्‍योधने।

दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥

द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ ।मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । मजिठोको रातो रङमा गाईको दूधको दहीले रंगाएको रातो, सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ ।

आफ्नो घरमा टीका लगाउन आउनेको क्रम पनि उत्तिकै रहन्छ। अन्त्यमा यो टीका लगाउने काम पूणिर्मासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको ९पन्ध्र० दशैं चाडको अन्त्य हुन्छ । यसै बखत वर्षा पुग्यो भनी इन्द्रलाई समाचार दिने पौराणिक कथनको अवलम्बन गरी वर्षा थाम्न चङ्गा उडाउने कार्य पनि बन्द गरिन्छ।

ुआवाहनं नजानामि नजानामि विर्जसनम्।

पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी।

इमां पूजां मया देवी यथाशक्त्या निवेदितम्।

रक्षार्थ त्वत्प्रसादाय व्रज स्वस्थानमुत्तमम्।।ु

यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। अनि घरका मुलिद्वारा भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद ग्रहण गरिन्छ। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दसैँको लागि तयार पारी राखिएको लुगाले ठाँटिएर टीका लगाउन जान्छन्।

विजया दशमी ९दशैं० दुर्गा पूजा मन्त्र

 

ॐ आयुद्रोणसुते श्रीयँ दशरथे शत्रुक्षयँ राघवे

ऐश्वर्यँ नहुषे गतिश्च पवने मानँ च दुर्योधने ्र

दानँ सूर्यसुते बलँ हलधरे सत्यँ च कुन्तीसुते

विज्ञानँ विदुरे भवन्तु भवताँ कीर्तिश्च नारायणे ्र्र

अश्वत्थामाको समान लामो आयु , राजा दशरथका समान ख्याती , राम चन्द्रका समान शत्रुलाई परास्त गर्ने क्षमता , राजा नहुषका समान ऐश्वर्य , वायुको समान वेग , दुर्योधनका समान मान(सम्मान , सूर्य पुत्र कर्णका समान दानी ,बलरामका समान बलशाली , कुन्ती पुत्र युधिष्ठिरका समान सत्य वादी , विदुरका समान नीतिज्ञ र भगवान नारायणका समान कीर्तिशाली बन्नसकियोस् ्र्र

 

भद्रमस्ति शिवँ चास्तु महालक्ष्मी प्रसीदतु ्र

रक्षतु त्वाँ सदा देवा आशिषस् सन्तु सर्वदा ्र्र

कल्याण होस्, महालक्ष्मी प्रसन्न हुनुहोस्, देवताहरुले सधै रक्षा गरिरहुन् , सधै महापुरुषहरुको आशीर्वाद लागिरहोस् ्र

 

जयन्ति मङ्गला काली भद्रकाली कपालिनी ्र

दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोकस्तुते ्र्र

जयन्ति , मङ्गला , काली ,भद्रकाली ,कपालिनी ,दुर्गा ,क्षमा , शिवा , धात्री , स्वाहा , स्वधा , नामले प्रसिद्ध तिमिलाई नमस्कार छ ्र

 

जय त्वॅँ देवी चामुन्डे जय भूतार्तिहारिणी ्र

जय सर्वगते देवी कालरात्री नमोकस्तुते ्र्र

देवी, चामुन्डे१ तिम्रो जय होस्, सम्पूर्ण प्राणीको दुस् ख हरण गर्ने जगदम्बे १ तिम्रो जय होस्, सबमा व्यापक रहनेवाली देवी १ तीम्रो जय होस् ्र हे कालरात्री १ तिमिलाई नमस्कार छ ्र

 

सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके ्र शरण्येत्र्यम्बके गौरि नारायणी नमोकस्तुते ्र्र

सब मङ्गलमा माङ्गल्यरुप, कल्याण स्वरुपिणी सर्वार्थ सिद्ध गर्ने शरणागतलाई शरण लिने, तीन नेत्रवाली हे गौरी, नारायणी १ तिमीलाई नमस्कार छ ्र

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Comments

Popular posts from this blog

त्यो सेतो हुडी

   त्यो सेतो हुडी मङ्सिर १८ बिहान एक्कासि फोन आयो। “ आज बीपीएच आठौँ सेमेस्टरको अन्तिम दिन हो सर। विद्यार्थीहरूको थेसिसमा साइन गरिदिनु छ। त्यसपछि सानो केक काट्ने र बिदाइ कार्यक्रम पनि छ। ९:३० बजेतिर आइदिनु होला है। ” छोटो , आत्मीय अनुरोध थियो। कलेज पुग्दा विद्यार्थीहरू कार्यक्रम सञ्चालनको तयारीमा व्यस्त थिए। छैटौँ सेमेस्टरका विद्यार्थीहरू आपसमा गाइँगुइँ गर्दै सोधिरहेका थिए “ अशोक सर को हो ?” कार्यक्रम सुरु भयो। मन्तव्य दिनु छ भन्ने थाहा थियो , तर अफिस पुग्ने हतार र औपचारिकभन्दा रमाइलो मुड भएकाले छोटो बोल्ने निधो गरेँ। मेरो मन्तव्यको सार एउटै थियो “If you work hard, you will be prosperous.” यो वाक्य मैले एमपीएचका प्रोफेसर रमेश कानबार्गी सरबाट दसैँको टिकामा पाएको आशीर्वादजस्तै लाग्छ। त्यसपछि बोल्ने पालो आयो—निर्मल सापकोटा सरको। अरूभन्दा अलि लामो मन्तव्यमा उहाँले विद्यार्थीहरूलाई सोध्नुभयो , “ तपाइहरूको फेभरेट सर को हो ?” दिर्घाबाट एक्कासि आवाज आयो— “ अशोक सर! ” म एक छिन त अक्क न बक्क परेँ। त्यसपछि निर्मल सरले प्रसङ्ग खुलाउनुभयो। उहाँले भन्नुभयो: विद्यार्...

Ashok Pandey

  Ashok Pandey , MPH, is an Associate Research Fellow at the Policy Research Institute (PRI) —Nepal’s premier government think tank under the Office of the Prime Minister and Council of Ministers. Specializing in Medical and Health Sciences / Epidemiology and Public Health , his expertise spans health governance, policy research, non-communicable diseases, and health systems research . According to the AD Scientific Index (ID: 6347499) , Dr. Pandey ranks 349,313 globally and 63rd in Nepal , and holds the #1 position within PRI in his discipline. He has an H-index of 25 (total) and 24 in the last five years , reflecting a high proportion of recent impactful work (last 5 years/total ratio: 0.96 ). With nearly 200 publications , over 12,500 citations , and 127,000 reads , Dr. Pandey’s research contributions demonstrate both academic rigor and applied policy relevance. He previously served as Senior Research Officer at the Nepal Health Research Council and is Executive Directo...
link https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3DlskZXGMvZ9E%26fbclid%3DIwAR0uZSKtXfHVpaJeIK7a_uHKKBFohm9GIhijOr54xiASnjLQ7SZfaBpo2_Y&h=AT2s7ScVrrdVPGpS32kOOC5nOEiT-t1K3E6VuxvV6aXYZe4LtJESoqf22LLvvjfnhLauyelhWhDMmHYc76VHx2NLpgSVOq_nEjn49nEfUiCTPMOJQWBofgB6gOa8NjEPPFja1ddjKd3oRAk-3kf2CqUkzpgXu_0InAujgpG7zFjiTvLtXdqHMzAN8NqcuUZZ8uTrI3f4zs_qvk6Y56aDJc5v-mdBDtX2wH8D-XPnA7_GZUR_x0jehdduh_SpR1bGBbInO-c0EDzmRZJO-Q8sDim-iSwLD2_STBuCvh2fKy_HtVO8g8aB3-8G7FhycsHAFaQD3zmDGRwLvzj4Ko3ElfXhuTRxQ70XoRMGCfDhz4cDTqUpNGOY4TD6TbH3CM5gsjXjL3xK9EUclRrfY2ugZP1cXqh_zRbCZv-gEF98aGUiPUIRvvtCDqzR1t11zte5XSF9R6HDwO75P-Y1SqxsEVnZpny0m27b1HPH8x4IS2RjubgkmHWEJLwtraPRW53OMjC6D97YAEYDk-OM_lPMwLSFCWs4jqA_Rt5blZTy9NMgPUUSmzz81Ys7vsMIeJgl66CxEqcLACk-jog4wrZmSrGIUe5Sqgty2A0H3TknSmveZ8jkKo6ss9S88LrYg1_2ql5JXVtMiwz_56spPJlOA5zpSt8_Lzs3s_yLG1U9cFS5uP0G