Skip to main content

त्यो सेतो हुडी

  

त्यो सेतो हुडी

मङ्सिर १८

बिहान एक्कासि फोन आयो।
आज बीपीएच आठौँ सेमेस्टरको अन्तिम दिन हो सर। विद्यार्थीहरूको थेसिसमा साइन गरिदिनु छ। त्यसपछि सानो केक काट्ने र बिदाइ कार्यक्रम पनि छ। ९:३० बजेतिर आइदिनु होला है।
छोटो, आत्मीय अनुरोध थियो।

कलेज पुग्दा विद्यार्थीहरू कार्यक्रम सञ्चालनको तयारीमा व्यस्त थिए। छैटौँ सेमेस्टरका विद्यार्थीहरू आपसमा गाइँगुइँ गर्दै सोधिरहेका थिए
अशोक सर को हो?”

कार्यक्रम सुरु भयो। मन्तव्य दिनु छ भन्ने थाहा थियो, तर अफिस पुग्ने हतार र औपचारिकभन्दा रमाइलो मुड भएकाले छोटो बोल्ने निधो गरेँ।
मेरो मन्तव्यको सार एउटै थियो
“If you work hard, you will be prosperous.”
यो वाक्य मैले एमपीएचका प्रोफेसर रमेश कानबार्गी सरबाट दसैँको टिकामा पाएको आशीर्वादजस्तै लाग्छ।

त्यसपछि बोल्ने पालो आयो—निर्मल सापकोटा सरको। अरूभन्दा अलि लामो मन्तव्यमा उहाँले विद्यार्थीहरूलाई सोध्नुभयो,
तपाइहरूको फेभरेट सर को हो?”

दिर्घाबाट एक्कासि आवाज आयो—
अशोक सर!

म एक छिन त अक्क न बक्क परेँ।
त्यसपछि निर्मल सरले प्रसङ्ग खुलाउनुभयो।
उहाँले भन्नुभयो: विद्यार्थीहरूले उहाँसँग पढ्दा खासै बुझेनन् रे। त्यसपछि सोध्दा रहेछन्, “कुन सर मन पर्छ?” उत्तर आयो: अशोक सर।

मलाई राम्रोसँग नचिनेकोले, रुटिन हेरेर मैले पढाएको क्लास हेर्न आउनु भएछ। अनि उहाँको आँखामा परेछ 
सेतो हुडी।

त्यही सेतो हुडीको चर्चा उहाँले रमाइलो शैलीमा लामो गर्नुभयो।

त्यो सुन्दा मलाई पनि एउटा पुरानो सम्झना आयो।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) मा अनुसन्धान प्रस्तावना सम्बन्धी तालिमका बेला निर्मल सरको क्लास लिएको थिएँ। त्यही दिन मैले पहिलो पटक मेरो श्रीमतीले युकेबाट ल्याइदिएको सेतो हुडी लगाएको थिएँ।

कार्यक्रम सकिएपछि करिब १२:४० बजे फोटो खिच्न जाँदा फेरि निर्मल सरको ठट्टा आयो-
अहिलेका विद्यार्थी चकलेट खाएर पढ्छन्, हामी त सिस्नु पानी र लट्ठी खाएर पढ्यौँ। फरक छ हजुर!
अनि मुस्कुराउँदै थप्नुभयो
म पनि अब जेन्-जी बन्छु अवश्य।

त्यसैसँग उहाँ बिदा हुनुभयो।

सम्पूर्ण विद्यार्थीप्रति म नतमस्तक छु।
तपाइहरू सबैको उज्ज्वल भविष्यको कामना गर्दछु।
सधैँ जसो तपाइहरूको साथ र सहयोगको अपेक्षा रहनेछ।

यो सेतो हुडीको किस्सा ले मलाई जीवनभर यही सरल, आत्मीय र सकारात्मक लयमा राखिरहोस्।
सुष्मा म्याडम लगायत काठमाडौँ मल्टिपल कलेज परिवारप्रति हार्दिक धन्यवाद।

धन्यवाद।

 


रोल्पाको होलेरीमा लिएको सेतो हुडीको तस्बिर 

Comments

  1. सधैँ प्रेरणाका लागि धेरै धेरै धन्यवाद सर।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

link https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3DlskZXGMvZ9E%26fbclid%3DIwAR0uZSKtXfHVpaJeIK7a_uHKKBFohm9GIhijOr54xiASnjLQ7SZfaBpo2_Y&h=AT2s7ScVrrdVPGpS32kOOC5nOEiT-t1K3E6VuxvV6aXYZe4LtJESoqf22LLvvjfnhLauyelhWhDMmHYc76VHx2NLpgSVOq_nEjn49nEfUiCTPMOJQWBofgB6gOa8NjEPPFja1ddjKd3oRAk-3kf2CqUkzpgXu_0InAujgpG7zFjiTvLtXdqHMzAN8NqcuUZZ8uTrI3f4zs_qvk6Y56aDJc5v-mdBDtX2wH8D-XPnA7_GZUR_x0jehdduh_SpR1bGBbInO-c0EDzmRZJO-Q8sDim-iSwLD2_STBuCvh2fKy_HtVO8g8aB3-8G7FhycsHAFaQD3zmDGRwLvzj4Ko3ElfXhuTRxQ70XoRMGCfDhz4cDTqUpNGOY4TD6TbH3CM5gsjXjL3xK9EUclRrfY2ugZP1cXqh_zRbCZv-gEF98aGUiPUIRvvtCDqzR1t11zte5XSF9R6HDwO75P-Y1SqxsEVnZpny0m27b1HPH8x4IS2RjubgkmHWEJLwtraPRW53OMjC6D97YAEYDk-OM_lPMwLSFCWs4jqA_Rt5blZTy9NMgPUUSmzz81Ys7vsMIeJgl66CxEqcLACk-jog4wrZmSrGIUe5Sqgty2A0H3TknSmveZ8jkKo6ss9S88LrYg1_2ql5JXVtMiwz_56spPJlOA5zpSt8_Lzs3s_yLG1U9cFS5uP0G

नरसिंह स्थान: अर्घाखाँचीको अविस्मरणीय धार्मिक र सांस्कृतिक स्थल

नरसिंह स्थान: अर्घाखाँचीको अविस्मरणीय धार्मिक र सांस्कृतिक स्थल   अशोक पाण्डे ठेगाना: मालारानी ७ , अर्घाखाँची हाल: सनसिटि, पेप्सीकोला, काठमाडौँ पद र संग्लग्न संस्था: नीति अनुसन्धानकर्ता , नीति अनुसन्धान प्रतिष्ठान, नेपाल सरकारको विशेषज्ञ समूह   नारायणहिटी , काठमाडौँ ,  नेपाल इमेल र फोन नंबर: ashok1pande@gmail.com , 9851148695   अनुसन्धानको दृष्टिकोणबाट नरसिंह स्थानको वर्णन गर्छु भनेर , मिति २०८२ भाद्र ४ गते ल्यापटप मेसिन साथीलाई काखमा लिएर सर्च (खोज्न) गर्न थाले म जन्मे हुर्केको बेला सबै भन्दा धेरै कुरा हुने , भगवान् मध्ये १ नरसिंह अवतार र नरसिंहस्थानको । अर्घाखाँची राष्ट्रसेवक समाजद्वारा अर्घाखाँची चक्षु प्रकाशन गर्न ढिला भई सकेको र केही रचनाहरू प्राप्त भई सम्पादन भइरहेको र यही शुक्रवार सम्म थप रचना पठाउनु हुनका लागि पुनः अनुरोध  आएको whatsapp सन्देश बमोजिम आलेख पठाउने रहर जाग्यो । गुगल सर्च इन्जिन , फेसबुक र युट्युबमा “ नरसिंह , नरसिंह स्थान , नरसिंह स्थान बामरुक , नरसिंह स्थान मालारानी , नरसिंह स्थान अर्घाखाँची , र विष्णु अवत...