Skip to main content

म के भनुम, माया

 

मिति २०८१ माघ २२ गते मंगलबार बिहान ९ बजे

म के भनुम, माया 

म डुबेर तिमिलाई बचाए पो माया ।

तिमि खुसी राख्न, मुटुमा छुरी रोपी हासे पो माया  ।।

आफ्नो प्यार व्यक्त अलि पछि गरुँला, उनको खुसी आज हेर्छु भन्ने पो माया 

आफ्नो जिउ ज्यान उनकै लागि, खुसी राजी राख्न जे गर्न तयार भए पो माया ।।

 

अब

आफ्ना आमाबा सबैलाई भुली, उनका बा आमालाई ज्यु हजुर गरे पो माया ।

आफ्ना दाइ दिदीलाई तथानाम भनी, उनका भाइ, बहिनालाई हजुर महान् भने पो माया  ।।

आफ्ना साथी, भाइलाई निम्छरो बोली, उनका साथीको प्रशंसाको सगरमाथा चढाउनु पो माया 

आफ्ना इष्टमित्र झारपात भनी, उनका इष्टमित्रलाई सप्त ऋषिलाई दिने सम्मान पो माया ।।

 

अझै 

मेरो जन्म दिने आमालाई, सके दिनमा नत्र हप्तामा १ पटक गाली गरे पो माया 

मेरा दाइ, दिदीलाई फोन नगर्ने, रिसिभ गरे  पनि मनका कुरा गर्दै नगरे पो माया ।।

साथी भाइसँग सम्बन्ध नबनाउने, वास्ता नगर्ने, बोली हाले लाउड स्पिकरमा सुनाउने पो माया 

इष्टमित्रसँग सङ्गत नगर्ने, गरे पनि आदेश लिएर, के बोल्ने, के नबोल्ने कबुल गर्ने पो माया ।।

 

साथै 

काम गर्न राखेको दिदीसँग घरायसी कुरा नगरी, आकाशवाणीबाट उनको सबै बोली बोले पो माया !

अड्डाका कर्मचारीसँग उनकै हितको काम गर्दा पनि, साँझ आउँदा उनले गाली साहनु पो माया !!

उनकै कामका कर्मचारीसँग उनकै हितमा भोक, प्यास नभनी काम  गर्दा ठुलो स्वर गर्नु पो माया !

दिन रात, साँझ बिहान उनले जे सोचे पनि आफ्नो कर्तव्य सोची, उनलाई तयार बनाउनु पो माया !!

 

रोकिएन 

आफ्नो सरिरमा भएको मधुमेहको प्रवाह नगरी उनले मन पसंद मनपरी खाना खानु पो माया!

त्यही शरीर कुनै दिन थकित भई आराम गर्न खोज्दा, तेरो बेवास्ताले मलाई दुख भन्नु पो माया !!

उनलाई पर्ने दुख, गाह्रो मन देखि ग्रहण गरी, दिन रात साझ बिहान काम टाउकोमा लिनु पो माया !

कुनै दिन उनलाई गाह्रो साह्रो परे, उनको तथानाम गाली सुन्दै, बिस्तारै दुखी नहोऊ भन्नु पो माया !!

 

सकिएन 

तिमिलाई सधैँ माया गर्छु, व्यवहारले गर्दा कहिले काहीँ आवेगमा आइ, १ मिनेटमा शान्त हुँदा,

तिमिले पुस्ता देखि बर्षौ पुराना कुरा कोट्याएर मलाई तथानाम गर्नु पो चोखो निश्चल माया।

मेरो हालत अवस्था यस्तै छ, बा आमा तिनै हुन्, इष्टमित्र यिनै हुन्, जे छन् तेस्मै खुसी छु भन्दा,

बिहे गर्दा कुल खानदान देखि सबै स्थिति ख्याल गर्नुपर्ने, नगर्नाले यस्तो भो भन्नु पो माया 

 

रोक्न खोज्छु 

काम कर्तव्य, दायित्वमा कुनै नजरअन्दाज नगरी, शरीरको भोक, प्यास सही उनलाई खुसी सुखी राख्न,

तन, मन र धन सबै सुम्पेको छु, कुनै रिस राग, खोट, ईर्ष्या भगवान्लाई साक्षी राख्दै छैन भन्छु!

तर पनि उनी छिन छिन, धेरैमा हप्ता दिनमा दुखी हुँदै, नबोली हुन्छ कि, आक्षेप लगाएर हुन्छ कि

ठुलो स्वर, रिस आवेग देखाएर हुन्छ कि, त सँग बस्न सक्दिन, डिभोर्स गर्छु भन्दै थर्काउनु पो माया !!

 

जय माया, रिस माया, खुसी माया, दुखी माया, संसार माया, होइन यो कस्तो माया !

होइन यो कस्तो माया  !!!!

 

धन्यवाद  

 

 


 



Comments

Popular posts from this blog

त्यो सेतो हुडी

   त्यो सेतो हुडी मङ्सिर १८ बिहान एक्कासि फोन आयो। “ आज बीपीएच आठौँ सेमेस्टरको अन्तिम दिन हो सर। विद्यार्थीहरूको थेसिसमा साइन गरिदिनु छ। त्यसपछि सानो केक काट्ने र बिदाइ कार्यक्रम पनि छ। ९:३० बजेतिर आइदिनु होला है। ” छोटो , आत्मीय अनुरोध थियो। कलेज पुग्दा विद्यार्थीहरू कार्यक्रम सञ्चालनको तयारीमा व्यस्त थिए। छैटौँ सेमेस्टरका विद्यार्थीहरू आपसमा गाइँगुइँ गर्दै सोधिरहेका थिए “ अशोक सर को हो ?” कार्यक्रम सुरु भयो। मन्तव्य दिनु छ भन्ने थाहा थियो , तर अफिस पुग्ने हतार र औपचारिकभन्दा रमाइलो मुड भएकाले छोटो बोल्ने निधो गरेँ। मेरो मन्तव्यको सार एउटै थियो “If you work hard, you will be prosperous.” यो वाक्य मैले एमपीएचका प्रोफेसर रमेश कानबार्गी सरबाट दसैँको टिकामा पाएको आशीर्वादजस्तै लाग्छ। त्यसपछि बोल्ने पालो आयो—निर्मल सापकोटा सरको। अरूभन्दा अलि लामो मन्तव्यमा उहाँले विद्यार्थीहरूलाई सोध्नुभयो , “ तपाइहरूको फेभरेट सर को हो ?” दिर्घाबाट एक्कासि आवाज आयो— “ अशोक सर! ” म एक छिन त अक्क न बक्क परेँ। त्यसपछि निर्मल सरले प्रसङ्ग खुलाउनुभयो। उहाँले भन्नुभयो: विद्यार्...
link https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3DlskZXGMvZ9E%26fbclid%3DIwAR0uZSKtXfHVpaJeIK7a_uHKKBFohm9GIhijOr54xiASnjLQ7SZfaBpo2_Y&h=AT2s7ScVrrdVPGpS32kOOC5nOEiT-t1K3E6VuxvV6aXYZe4LtJESoqf22LLvvjfnhLauyelhWhDMmHYc76VHx2NLpgSVOq_nEjn49nEfUiCTPMOJQWBofgB6gOa8NjEPPFja1ddjKd3oRAk-3kf2CqUkzpgXu_0InAujgpG7zFjiTvLtXdqHMzAN8NqcuUZZ8uTrI3f4zs_qvk6Y56aDJc5v-mdBDtX2wH8D-XPnA7_GZUR_x0jehdduh_SpR1bGBbInO-c0EDzmRZJO-Q8sDim-iSwLD2_STBuCvh2fKy_HtVO8g8aB3-8G7FhycsHAFaQD3zmDGRwLvzj4Ko3ElfXhuTRxQ70XoRMGCfDhz4cDTqUpNGOY4TD6TbH3CM5gsjXjL3xK9EUclRrfY2ugZP1cXqh_zRbCZv-gEF98aGUiPUIRvvtCDqzR1t11zte5XSF9R6HDwO75P-Y1SqxsEVnZpny0m27b1HPH8x4IS2RjubgkmHWEJLwtraPRW53OMjC6D97YAEYDk-OM_lPMwLSFCWs4jqA_Rt5blZTy9NMgPUUSmzz81Ys7vsMIeJgl66CxEqcLACk-jog4wrZmSrGIUe5Sqgty2A0H3TknSmveZ8jkKo6ss9S88LrYg1_2ql5JXVtMiwz_56spPJlOA5zpSt8_Lzs3s_yLG1U9cFS5uP0G

नरसिंह स्थान: अर्घाखाँचीको अविस्मरणीय धार्मिक र सांस्कृतिक स्थल

नरसिंह स्थान: अर्घाखाँचीको अविस्मरणीय धार्मिक र सांस्कृतिक स्थल   अशोक पाण्डे ठेगाना: मालारानी ७ , अर्घाखाँची हाल: सनसिटि, पेप्सीकोला, काठमाडौँ पद र संग्लग्न संस्था: नीति अनुसन्धानकर्ता , नीति अनुसन्धान प्रतिष्ठान, नेपाल सरकारको विशेषज्ञ समूह   नारायणहिटी , काठमाडौँ ,  नेपाल इमेल र फोन नंबर: ashok1pande@gmail.com , 9851148695   अनुसन्धानको दृष्टिकोणबाट नरसिंह स्थानको वर्णन गर्छु भनेर , मिति २०८२ भाद्र ४ गते ल्यापटप मेसिन साथीलाई काखमा लिएर सर्च (खोज्न) गर्न थाले म जन्मे हुर्केको बेला सबै भन्दा धेरै कुरा हुने , भगवान् मध्ये १ नरसिंह अवतार र नरसिंहस्थानको । अर्घाखाँची राष्ट्रसेवक समाजद्वारा अर्घाखाँची चक्षु प्रकाशन गर्न ढिला भई सकेको र केही रचनाहरू प्राप्त भई सम्पादन भइरहेको र यही शुक्रवार सम्म थप रचना पठाउनु हुनका लागि पुनः अनुरोध  आएको whatsapp सन्देश बमोजिम आलेख पठाउने रहर जाग्यो । गुगल सर्च इन्जिन , फेसबुक र युट्युबमा “ नरसिंह , नरसिंह स्थान , नरसिंह स्थान बामरुक , नरसिंह स्थान मालारानी , नरसिंह स्थान अर्घाखाँची , र विष्णु अवत...