Skip to main content

Posts

Showing posts from February, 2025

म के भनुम, माया

  मिति २०८१ माघ २२ गते मंगलबार बिहान ९ बजे म के भनुम , माया   म डुबेर तिमिलाई बचाए पो माया । तिमि खुसी राख्न , मुटुमा छुरी रोपी हासे पो माया   ।। आफ्नो प्यार व्यक्त अलि पछि गरुँला , उनको खुसी आज हेर्छु भन्ने पो माया   । आफ्नो जिउ ज्यान उनकै लागि , खुसी राजी राख्न जे गर्न तयार भए पो माया ।।   अब आफ्ना आमा ,  बा सबैलाई भुली , उनका बा आमालाई ज्यु हजुर गरे पो माया । आफ्ना दाइ दिदीलाई तथानाम भनी , उनका भाइ , बहिनालाई हजुर महान् भने पो माया   ।। आफ्ना साथी , भाइलाई निम्छरो बोली , उनका साथीको प्रशंसाको सगरमाथा चढाउनु पो माया   । आफ्ना इष्टमित्र झारपात भनी , उनका इष्टमित्रलाई सप्त ऋषिलाई दिने सम्मान पो माया   ।।   अझै   मेरो जन्म दिने आमालाई , सके दिनमा नत्र हप्तामा १ पटक गाली गरे पो माया   । मेरा दाइ , दिदीलाई फोन नगर्ने , रिसिभ गरे   पनि मनका कुरा गर्दै नगरे पो माया   ।। साथी भाइसँग सम्बन्ध नबनाउने , वास्ता नगर्ने , बोली हाले लाउड स्पिकरमा सुनाउने पो माया   । इष्टमित्रसँग सङ्गत नगर्ने , गरे पनि आदेश लिएर , के बोल्न...