खगेन्द्र सङ्ग्रौलाको love स्टोरी (Nepal Literature Festival) सुन्दै नेपाल ल क्याम्पसमा लिएको hypothesis and Variables सम्बन्धी क्लासको reflection
सधैँ जस्तै डा. मुक्ति रिजाल सर आज (साउन २ गते मङ्गलवार २०८०) आफ्नो कम्प्युटरमा आफूले लेखेको आलेख कसैलाई टाइप गराई प्रिन्ट गर्न मेरो सहयोग माग्न आउनु भयो । त्यसमा उहाँले आफूले भर्खर घुमेर अर्घाखाँची जिल्लाको बल्कोट तथा त्यो सम्बन्धीको यात्राबारे लेखेको मेरो मानसपटलले scan गरेको थियो । म भने सधैँ जस्तै मेरो laptop मा (earphone) एउटा कानमा सुन्ने चाही बिग्रेको महिनौँ भएको थियो) खगेन्द्र सङ्ग्रौलाको love स्टोरी (Nepal Literature Festival) youtube मा सुन्दै थिए । असार मसान्तको काम सकेर केही फुर्सद जस्तो समय भएकाले म पनि असार ३१ गते र २ गते (आज) नेपाल ल क्याम्पसमा संयुक्त (२ बर्से तथा ३ बर्से) Master of Laws (LL.M.) Programme का बिद्यार्थीहरूलाई लिएको Hypothesis and Variables सम्बन्धी क्लासको reflexation लेख्ने प्रयत्न गरेको छु ।
डा. बलराम राउत, क्याम्पसका (Head of Department) सँग नीति अनुसन्धान प्रतिष्ठान र नेपाल ल क्याम्पसले गरेको जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयबाट प्रवाह हुने सेवाहरूको सेवाग्राही सन्तुष्टि विश्लेषण अध्ययनको क्रममा चिनजान भएको थियो । प्राय जसो भेटमा उहाँले मलाई research को साथै तथ्याङ्क विश्लेषण सम्बन्धी क्लास लिनुस् है भन्नु हुन्थ्यो । उक्त अध्ययन सकिएको झन्डै वर्ष दिन भइ सकेको छ । आज भन्दा ८ दिन अगाडी साउन १ गते सोमबार बिहान ७ बजे वा दिउँसो २ बजे मध्ये कुनै समयका लागि प्रस्ताव गर्नु भयो । १ बजे अड्डामा हुने भएकाले बिहान ७ बजे देखि ९ बजे सम्मको कक्षा नै उपयुक्त हुने छोटो फोन वार्तामा जानकारी गराए । उहाँले फेरी मलाई अर्को दिन फोन गर्दै सोमबारको सट्टा आइतबार कक्षा सञ्चालन हुने बताउनु भयो र मैले स्वीकारे ।
म र मेरो श्रीमती प्राय: जसो बिहान ४.५० को अलार्म बजाएर आँखा मिच्दै ५ बज्दा नबज्दै जीवन विज्ञान द्वारा सञ्चालित योग तथा व्यायामको जूम क्लास लिँदै आएको करिब आधा वर्ष हुन लागेको थियो । सानै उमेरमा मलाई देखा परेको मधुमेहका कारण मेरो श्रीमती प्राय जसो बिहानको क्लास लिन जाँदा वा सबेरै निस्कँदा रिसाउनु हुन्थ्यो । बिहानको क्लासले खान पान बिग्रने तथा सुगर लेबल बढ्ने भन्दै विगतमा स्वास्थ्यको ख्याल नगरी दिन रात खट्ने अनि buff मोमो रुचाएर खाने त्यही दिनचर्या हुने हो कि भन्ने कुरा समय समयमा झकझक्याउनु हुन्थ्यो । तर, पारिवारिक बाध्यता वा मेरो रुचि कराउँदा कराउँदै म हिँडी हाल्थे ।
अब अस्ति र आजको कक्षाको विश्लेषण गर्दा बलराम सरको रमाइलो खालको स्वागत गर्ने बाध्यता देखे । बिडम्बना सरकारी क्याम्पसको हालत सत्कारको लागि चिया, पानी खुवाउने मान्छे नबसेकाले वा बिहान आउन ढिला भएर हो । क्याम्पस गेट बाहिर प्रदशनी मार्गको चिया पसलमा गएर बिना चिनीको दुध चिया खायौ । ल क्याम्पसको जिर्ण भवन जुन गेट भित्र पस्दा पस्दै ठोकिन्छ तेस्को पहिलो तल्लाको कक्षा कोठामा बिद्यार्थी खचाखच नै थिए ६० जना भन्दा बढी ।
मौखिक रुपमा Hypothesis and Variables को बारेमा पढाउन पर्ने थियो ।
उक्त कक्षा लिनलाई मलाई बलराम सरले मुक्ति सर सँगै भएको बेला अनुरोध गर्नु भो मैले हुन्छ भने । मुक्ति सरको अनुहारमा ग्रहण लाग्यो । मन मनै गम्नु भयो, सन्नाटा छायो एक छिनको सन्नाटा पछि कुराकानी अन्य विषयमा मोडियो । मुक्ति सर देख्दा सोझो (बाहिर नदेखाउने तर भित्र अत्यन्तै चलाख, कुटिल, जालझेली जस्तो), सहयोगी पल्टिने, आफ्नो एकदम नजिकको मान्छे भन्न रुचाउने तर खै के का लागि हो मेरो प्रगति, वा अवसरमा मन कुदाउने वा सधै बाधक।
घर फर्कँदा मन त हो खै किन बेचैन भयो । किन यस्तो भयो भनेर श्रीमती सँग कुरा गरे, उनको हाकिम्नीको उदाहरणले मन अलि सुस्तायो ।
Comments
Post a Comment