Skip to main content

खगेन्द्र सङ्ग्रौलाको love स्टोरी (Nepal Literature Festival) सुन्दै नेपाल ल क्याम्पसमा लिएको hypothesis and Variables सम्बन्धी क्लासको reflection

 सधैँ जस्तै डा. मुक्ति रिजाल सर आज (साउन २ गते मङ्गलवार २०८०) आफ्नो कम्प्युटरमा आफूले लेखेको आलेख कसैलाई टाइप गराई प्रिन्ट गर्न  मेरो सहयोग माग्न आउनु भयो । त्यसमा उहाँले  आफूले भर्खर घुमेर अर्घाखाँची जिल्लाको बल्कोट तथा त्यो सम्बन्धीको यात्राबारे लेखेको मेरो मानसपटलले scan गरेको थियो । म भने सधैँ जस्तै मेरो laptop मा (earphone) एउटा कानमा सुन्ने चाही बिग्रेको महिनौँ भएको थियो)  खगेन्द्र सङ्ग्रौलाको love स्टोरी (Nepal Literature Festival) youtube मा सुन्दै थिए । असार मसान्तको काम सकेर केही फुर्सद जस्तो समय भएकाले म पनि असार ३१ गते र २ गते (आज) नेपाल ल क्याम्पसमा संयुक्त (२ बर्से तथा ३ बर्से) Master of Laws (LL.M.) Programme का बिद्यार्थीहरूलाई लिएको Hypothesis and Variables सम्बन्धी क्लासको reflexation लेख्ने प्रयत्न गरेको छु ।

डा. बलराम राउत, क्याम्पसका (Head of Department) सँग नीति अनुसन्धान प्रतिष्ठान र नेपाल ल क्याम्पसले गरेको जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयबाट प्रवाह हुने सेवाहरूको सेवाग्राही सन्तुष्टि विश्लेषण अध्ययनको क्रममा चिनजान भएको थियो । प्राय जसो भेटमा उहाँले मलाई research को  साथै तथ्याङ्क विश्लेषण सम्बन्धी क्लास लिनुस् है भन्नु हुन्थ्यो । उक्त अध्ययन सकिएको झन्डै वर्ष दिन भइ सकेको छ । आज भन्दा ८ दिन अगाडी साउन १ गते सोमबार बिहान ७ बजे वा दिउँसो २ बजे मध्ये कुनै समयका लागि प्रस्ताव गर्नु भयो । १ बजे अड्डामा हुने भएकाले बिहान ७ बजे देखि ९ बजे सम्मको कक्षा नै उपयुक्त हुने छोटो फोन वार्तामा जानकारी गराए । उहाँले फेरी मलाई अर्को दिन फोन गर्दै सोमबारको सट्टा आइतबार कक्षा सञ्चालन हुने बताउनु भयो र मैले स्वीकारे । 

म र मेरो श्रीमती प्राय: जसो बिहान ४.५० को अलार्म बजाएर आँखा मिच्दै ५ बज्दा नबज्दै जीवन विज्ञान द्वारा सञ्चालित योग तथा व्यायामको जूम क्लास लिँदै आएको करिब आधा वर्ष हुन लागेको थियो । सानै उमेरमा मलाई देखा परेको मधुमेहका कारण मेरो श्रीमती प्राय जसो बिहानको क्लास लिन जाँदा वा सबेरै निस्कँदा रिसाउनु हुन्थ्यो । बिहानको क्लासले खान पान बिग्रने तथा सुगर लेबल बढ्ने भन्दै विगतमा स्वास्थ्यको ख्याल नगरी दिन रात खट्ने अनि buff मोमो रुचाएर खाने त्यही दिनचर्या हुने हो कि भन्ने कुरा समय समयमा झकझक्याउनु हुन्थ्यो । तर,  पारिवारिक बाध्यता वा मेरो रुचि कराउँदा कराउँदै म हिँडी हाल्थे  ।

अब अस्ति र आजको कक्षाको विश्लेषण गर्दा बलराम सरको रमाइलो खालको स्वागत गर्ने बाध्यता देखे ।  बिडम्बना सरकारी क्याम्पसको हालत सत्कारको लागि चिया, पानी खुवाउने मान्छे नबसेकाले वा बिहान आउन ढिला भएर हो । क्याम्पस गेट बाहिर प्रदशनी मार्गको चिया पसलमा गएर बिना चिनीको दुध चिया खायौ । ल क्याम्पसको जिर्ण भवन जुन गेट भित्र पस्दा पस्दै ठोकिन्छ तेस्को पहिलो तल्लाको कक्षा कोठामा बिद्यार्थी खचाखच नै थिए ६० जना भन्दा बढी ।   

मौखिक रुपमा Hypothesis and Variables को बारेमा पढाउन पर्ने थियो ।  

उक्त कक्षा लिनलाई मलाई बलराम सरले मुक्ति सर सँगै भएको बेला अनुरोध गर्नु भो मैले हुन्छ भने । मुक्ति सरको अनुहारमा ग्रहण लाग्यो । मन मनै गम्नु भयो, सन्नाटा छायो एक छिनको सन्नाटा पछि कुराकानी अन्य विषयमा मोडियो । मुक्ति सर देख्दा  सोझो (बाहिर नदेखाउने तर भित्र अत्यन्तै चलाख, कुटिल, जालझेली जस्तो), सहयोगी पल्टिने, आफ्नो एकदम नजिकको मान्छे भन्न रुचाउने तर खै के का लागि हो मेरो प्रगति, वा अवसरमा मन कुदाउने वा सधै बाधक। 

घर फर्कँदा मन त हो खै किन बेचैन भयो । किन यस्तो भयो भनेर श्रीमती सँग कुरा गरे, उनको हाकिम्नीको उदाहरणले मन अलि सुस्तायो ।



Comments

Popular posts from this blog

त्यो सेतो हुडी

   त्यो सेतो हुडी मङ्सिर १८ बिहान एक्कासि फोन आयो। “ आज बीपीएच आठौँ सेमेस्टरको अन्तिम दिन हो सर। विद्यार्थीहरूको थेसिसमा साइन गरिदिनु छ। त्यसपछि सानो केक काट्ने र बिदाइ कार्यक्रम पनि छ। ९:३० बजेतिर आइदिनु होला है। ” छोटो , आत्मीय अनुरोध थियो। कलेज पुग्दा विद्यार्थीहरू कार्यक्रम सञ्चालनको तयारीमा व्यस्त थिए। छैटौँ सेमेस्टरका विद्यार्थीहरू आपसमा गाइँगुइँ गर्दै सोधिरहेका थिए “ अशोक सर को हो ?” कार्यक्रम सुरु भयो। मन्तव्य दिनु छ भन्ने थाहा थियो , तर अफिस पुग्ने हतार र औपचारिकभन्दा रमाइलो मुड भएकाले छोटो बोल्ने निधो गरेँ। मेरो मन्तव्यको सार एउटै थियो “If you work hard, you will be prosperous.” यो वाक्य मैले एमपीएचका प्रोफेसर रमेश कानबार्गी सरबाट दसैँको टिकामा पाएको आशीर्वादजस्तै लाग्छ। त्यसपछि बोल्ने पालो आयो—निर्मल सापकोटा सरको। अरूभन्दा अलि लामो मन्तव्यमा उहाँले विद्यार्थीहरूलाई सोध्नुभयो , “ तपाइहरूको फेभरेट सर को हो ?” दिर्घाबाट एक्कासि आवाज आयो— “ अशोक सर! ” म एक छिन त अक्क न बक्क परेँ। त्यसपछि निर्मल सरले प्रसङ्ग खुलाउनुभयो। उहाँले भन्नुभयो: विद्यार्...
link https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3DlskZXGMvZ9E%26fbclid%3DIwAR0uZSKtXfHVpaJeIK7a_uHKKBFohm9GIhijOr54xiASnjLQ7SZfaBpo2_Y&h=AT2s7ScVrrdVPGpS32kOOC5nOEiT-t1K3E6VuxvV6aXYZe4LtJESoqf22LLvvjfnhLauyelhWhDMmHYc76VHx2NLpgSVOq_nEjn49nEfUiCTPMOJQWBofgB6gOa8NjEPPFja1ddjKd3oRAk-3kf2CqUkzpgXu_0InAujgpG7zFjiTvLtXdqHMzAN8NqcuUZZ8uTrI3f4zs_qvk6Y56aDJc5v-mdBDtX2wH8D-XPnA7_GZUR_x0jehdduh_SpR1bGBbInO-c0EDzmRZJO-Q8sDim-iSwLD2_STBuCvh2fKy_HtVO8g8aB3-8G7FhycsHAFaQD3zmDGRwLvzj4Ko3ElfXhuTRxQ70XoRMGCfDhz4cDTqUpNGOY4TD6TbH3CM5gsjXjL3xK9EUclRrfY2ugZP1cXqh_zRbCZv-gEF98aGUiPUIRvvtCDqzR1t11zte5XSF9R6HDwO75P-Y1SqxsEVnZpny0m27b1HPH8x4IS2RjubgkmHWEJLwtraPRW53OMjC6D97YAEYDk-OM_lPMwLSFCWs4jqA_Rt5blZTy9NMgPUUSmzz81Ys7vsMIeJgl66CxEqcLACk-jog4wrZmSrGIUe5Sqgty2A0H3TknSmveZ8jkKo6ss9S88LrYg1_2ql5JXVtMiwz_56spPJlOA5zpSt8_Lzs3s_yLG1U9cFS5uP0G

नरसिंह स्थान: अर्घाखाँचीको अविस्मरणीय धार्मिक र सांस्कृतिक स्थल

नरसिंह स्थान: अर्घाखाँचीको अविस्मरणीय धार्मिक र सांस्कृतिक स्थल   अशोक पाण्डे ठेगाना: मालारानी ७ , अर्घाखाँची हाल: सनसिटि, पेप्सीकोला, काठमाडौँ पद र संग्लग्न संस्था: नीति अनुसन्धानकर्ता , नीति अनुसन्धान प्रतिष्ठान, नेपाल सरकारको विशेषज्ञ समूह   नारायणहिटी , काठमाडौँ ,  नेपाल इमेल र फोन नंबर: ashok1pande@gmail.com , 9851148695   अनुसन्धानको दृष्टिकोणबाट नरसिंह स्थानको वर्णन गर्छु भनेर , मिति २०८२ भाद्र ४ गते ल्यापटप मेसिन साथीलाई काखमा लिएर सर्च (खोज्न) गर्न थाले म जन्मे हुर्केको बेला सबै भन्दा धेरै कुरा हुने , भगवान् मध्ये १ नरसिंह अवतार र नरसिंहस्थानको । अर्घाखाँची राष्ट्रसेवक समाजद्वारा अर्घाखाँची चक्षु प्रकाशन गर्न ढिला भई सकेको र केही रचनाहरू प्राप्त भई सम्पादन भइरहेको र यही शुक्रवार सम्म थप रचना पठाउनु हुनका लागि पुनः अनुरोध  आएको whatsapp सन्देश बमोजिम आलेख पठाउने रहर जाग्यो । गुगल सर्च इन्जिन , फेसबुक र युट्युबमा “ नरसिंह , नरसिंह स्थान , नरसिंह स्थान बामरुक , नरसिंह स्थान मालारानी , नरसिंह स्थान अर्घाखाँची , र विष्णु अवत...