Skip to main content

नीति अनुसन्धान प्रतिष्ठानका बोर्ड सदस्यहरूसँग परिचयात्मक कार्यक्रम

 नीति अनुसन्धान प्रतिष्ठानका बोर्ड सदस्यहरूसँग परिचयात्मक कार्यक्रम

 

मिति २०७९ मङ्सिर ९ गते शुक्रबार

नमस्कार

·         मेरो नाम अशोक पाण्डे हो । घर अर्घाखाँची अहिले पेप्सीकोला बस्छु ।

·         म राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालय, बैङ्गलोर बाट MPH, नेपाल बाट BPH र जर्मनीबाट  DGH तहको अध्ययन गरेको छु । अनुसन्धानका बिषयमा USA को Bostan University बाट Research Methodology, Italy को University of Catania बाट Meta analysis and Living systematic review Indian Medical Research Council (ICMR), India बाट Clinical trial and ethics मा certified training course गरेको छु । 

·         नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा  खुला प्रतिस्पर्धा मार्फत सहायक अनुसन्धान अधिकृत (छैटौँ तह), Research Associate (सातौँ तह) र  Senior Research Officer वरिष्ठ अनुसन्धान अधिकृत (आठौँ तह) गरी ६ वर्ष काम गरेको छु । 

·         नर्वे अनुसन्धान फेलोसिप प्राप्त गरी  बङ्गलादेशको ढाका स्थित अनुसन्धान संस्थामा  १३ महिना लगाएर  हेल्थ रिसर्च ethical board स्थापना गरिदिएको छु जुन अहिले पनि functional छ र अनुसन्धान गर्ने बेलासम्म रहिरहन्छ   

·         नेपालमा फर्केर NHRC मा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा Clinical Trial Registry स्थापना गरेको छु, जसबाट नेपालमा गरिने स्वास्थ्य सम्बन्धी Clinical Trial research को अनिवार्य रूपमा approval लिएर मात्र अध्ययन अनुसन्धान गर्नु पर्छ नत्र valid मानिँदैन । 

·         यी अध्ययन अनुसन्धानका साथै नेपाल र बङ्गलादेशका विभिन्न विश्वविद्यालय र अंगिक क्याम्पसमा Health Research Ethics सम्बन्धी बिषयमा visiting professor को रूपमा काम गर्ने मौका पाएको छु। 

·         साथै United Kingdom ले दिने Knowledge Action Change अनुसन्धान फेलोसिप र भारत सरकारले दिने climate change TERI अनुसन्धान फेलोसिप पनि प्राप्त गरेको छु । 

·         ResearchGate Google scholar मा भएको मेरो updated profile अनुसार एक दर्जनभन्दा बढी राष्ट्रिय तहका अनुसन्धान प्रतिवेदन र चार दर्जनभन्दा बढी लेखहरू विभिन्न जर्नलमा प्रकाशित भएका छन् र ६०० भन्दा बढी citation भएका छन् । यसै दौरानमा एक दर्जन भन्दा बढी research conference मा paper presentation गरेको छु ।

·         यसको प्रतिफलमा सन् २०२० मा नेपालको छैटौँ राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या सम्मेलनमा मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट युवा अनुसन्धानकर्ता पुरस्कारबाट सम्मानित भएको छु । 

·         विगत करिब २ वर्ष देखि नीति अनुसन्धान प्रतिष्ठानको केन्द्र २: शासकीय प्रबन्ध तथा सङ्घीय मामिला नीति अध्ययन केन्द्रमा सह अनुसन्धानकर्ताको रूपमा कार्यरत छु । 

·         यहाँ म अहिले जिल्ला प्रशासन र प्रहरी कार्यालयबाट प्रवाह हुने सेवाहरूको सेवाग्राही सन्तुष्टि, नेपालमा लोकतन्त्र संस्थागत गर्न राजनीतिक दलको भूमिका, गाँजा बैधानिकिकरण लगायत अध्ययनमा आबद्ध छु

धन्यवाद

Comments

Popular posts from this blog

त्यो सेतो हुडी

   त्यो सेतो हुडी मङ्सिर १८ बिहान एक्कासि फोन आयो। “ आज बीपीएच आठौँ सेमेस्टरको अन्तिम दिन हो सर। विद्यार्थीहरूको थेसिसमा साइन गरिदिनु छ। त्यसपछि सानो केक काट्ने र बिदाइ कार्यक्रम पनि छ। ९:३० बजेतिर आइदिनु होला है। ” छोटो , आत्मीय अनुरोध थियो। कलेज पुग्दा विद्यार्थीहरू कार्यक्रम सञ्चालनको तयारीमा व्यस्त थिए। छैटौँ सेमेस्टरका विद्यार्थीहरू आपसमा गाइँगुइँ गर्दै सोधिरहेका थिए “ अशोक सर को हो ?” कार्यक्रम सुरु भयो। मन्तव्य दिनु छ भन्ने थाहा थियो , तर अफिस पुग्ने हतार र औपचारिकभन्दा रमाइलो मुड भएकाले छोटो बोल्ने निधो गरेँ। मेरो मन्तव्यको सार एउटै थियो “If you work hard, you will be prosperous.” यो वाक्य मैले एमपीएचका प्रोफेसर रमेश कानबार्गी सरबाट दसैँको टिकामा पाएको आशीर्वादजस्तै लाग्छ। त्यसपछि बोल्ने पालो आयो—निर्मल सापकोटा सरको। अरूभन्दा अलि लामो मन्तव्यमा उहाँले विद्यार्थीहरूलाई सोध्नुभयो , “ तपाइहरूको फेभरेट सर को हो ?” दिर्घाबाट एक्कासि आवाज आयो— “ अशोक सर! ” म एक छिन त अक्क न बक्क परेँ। त्यसपछि निर्मल सरले प्रसङ्ग खुलाउनुभयो। उहाँले भन्नुभयो: विद्यार्...
link https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3DlskZXGMvZ9E%26fbclid%3DIwAR0uZSKtXfHVpaJeIK7a_uHKKBFohm9GIhijOr54xiASnjLQ7SZfaBpo2_Y&h=AT2s7ScVrrdVPGpS32kOOC5nOEiT-t1K3E6VuxvV6aXYZe4LtJESoqf22LLvvjfnhLauyelhWhDMmHYc76VHx2NLpgSVOq_nEjn49nEfUiCTPMOJQWBofgB6gOa8NjEPPFja1ddjKd3oRAk-3kf2CqUkzpgXu_0InAujgpG7zFjiTvLtXdqHMzAN8NqcuUZZ8uTrI3f4zs_qvk6Y56aDJc5v-mdBDtX2wH8D-XPnA7_GZUR_x0jehdduh_SpR1bGBbInO-c0EDzmRZJO-Q8sDim-iSwLD2_STBuCvh2fKy_HtVO8g8aB3-8G7FhycsHAFaQD3zmDGRwLvzj4Ko3ElfXhuTRxQ70XoRMGCfDhz4cDTqUpNGOY4TD6TbH3CM5gsjXjL3xK9EUclRrfY2ugZP1cXqh_zRbCZv-gEF98aGUiPUIRvvtCDqzR1t11zte5XSF9R6HDwO75P-Y1SqxsEVnZpny0m27b1HPH8x4IS2RjubgkmHWEJLwtraPRW53OMjC6D97YAEYDk-OM_lPMwLSFCWs4jqA_Rt5blZTy9NMgPUUSmzz81Ys7vsMIeJgl66CxEqcLACk-jog4wrZmSrGIUe5Sqgty2A0H3TknSmveZ8jkKo6ss9S88LrYg1_2ql5JXVtMiwz_56spPJlOA5zpSt8_Lzs3s_yLG1U9cFS5uP0G

नरसिंह स्थान: अर्घाखाँचीको अविस्मरणीय धार्मिक र सांस्कृतिक स्थल

नरसिंह स्थान: अर्घाखाँचीको अविस्मरणीय धार्मिक र सांस्कृतिक स्थल   अशोक पाण्डे ठेगाना: मालारानी ७ , अर्घाखाँची हाल: सनसिटि, पेप्सीकोला, काठमाडौँ पद र संग्लग्न संस्था: नीति अनुसन्धानकर्ता , नीति अनुसन्धान प्रतिष्ठान, नेपाल सरकारको विशेषज्ञ समूह   नारायणहिटी , काठमाडौँ ,  नेपाल इमेल र फोन नंबर: ashok1pande@gmail.com , 9851148695   अनुसन्धानको दृष्टिकोणबाट नरसिंह स्थानको वर्णन गर्छु भनेर , मिति २०८२ भाद्र ४ गते ल्यापटप मेसिन साथीलाई काखमा लिएर सर्च (खोज्न) गर्न थाले म जन्मे हुर्केको बेला सबै भन्दा धेरै कुरा हुने , भगवान् मध्ये १ नरसिंह अवतार र नरसिंहस्थानको । अर्घाखाँची राष्ट्रसेवक समाजद्वारा अर्घाखाँची चक्षु प्रकाशन गर्न ढिला भई सकेको र केही रचनाहरू प्राप्त भई सम्पादन भइरहेको र यही शुक्रवार सम्म थप रचना पठाउनु हुनका लागि पुनः अनुरोध  आएको whatsapp सन्देश बमोजिम आलेख पठाउने रहर जाग्यो । गुगल सर्च इन्जिन , फेसबुक र युट्युबमा “ नरसिंह , नरसिंह स्थान , नरसिंह स्थान बामरुक , नरसिंह स्थान मालारानी , नरसिंह स्थान अर्घाखाँची , र विष्णु अवत...